September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

नेपाललाई नकुर्ने रणनीतिमा ओली, छिटो विवाद छिनोफानो गर्न निर्देशन

225

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद तत्कालै वारपार लगाउन निर्देशन दिएका छन् । विवादको कारणले पार्टीका गतिविधि अघि बढ्न नसकेको भन्दै आफू निकटका नेताहरुलाई तत्कालै विवाद वारपार लगाउन निर्देशन दिएका हुन्।   

पार्टीमा सधैँ एउटै कुरालाई लिएर अल्मलिएर बस्न नहुने भन्दै विवादलाई तत्कालै छिनोफानो गर्न निर्देशन दिएको एमाले पार्टी कार्यालयको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘उहाँ विघटित कार्यदलका सदस्यसँग निरन्तर संवादमा हुनुहुन्छ। आज पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा एउटै विवादमा पार्टीलाई अल्मल्याएर राख्न नहुने बताउनुभएको छ।’ 

Advertisement

पार्टीभित्रमा फर्किन चाहनेलाई पर्खेर पार्टीको काम प्रभावित पार्न नहुने उनको भनाइ छ । ‘उहाँ पार्टी एकता जोगाउन अधिकतम लचक भइसक्नुभयो। अब पार्टी एकताको पक्षमा हुनेहरु १० बुँदे सहमतिलाई लिएर अगाडि बढ्छन्। पार्टीमा फर्कनेहरूलाई हामी जहिले पनि स्वागत नै गछौँ’ तामाङले भने। 

प्रधानमन्त्रीबाट बहिगर्मनपछि पहिलो पटक बुधबार पार्टी कार्यालय थापाथली पुगेका अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई पार्टीभित्रको विवाद किनारा लगाउन निर्देशन दिएका थिए । त्यसो त केही दिनअघि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको आधारमा रहेर एकता अघि बढ्ने बताएका थिए। 

प्रवक्ता ज्ञवालीले भनेका थिए, ‘हामीले उहाँहरूको माग बमोजिम पार्टीलाई ०७५ जेठ २ मै फर्काएर पार्टीको बैठक राखेका थियौँ। तर, उहाँहरू आउनुभएन। उहाँहरूको लागि अब धेरै कुरेर बस्न सकिँदैन। तत्काल नआए पार्टी एकताको ढोका खुला राखेर जान्छौँ। उहाँहरू पार्टीमा जुन दिन फर्किनुहुन्छ त्यही बेलामा जिम्मेवारी दिन्छौँ।’