काठमाडौं- राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा आयोजित कार्यक्रममा उनीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
गत मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका थिए।
पौडेल कांग्रेस तथा फुयाँल र लिम्बू माओवादी केन्द्र र माधव नेपाल पक्षबाट सिफारिसमा परेका हुन्।
अध्यक्षता प्रधानमन्त्रीले गर्ने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ।