April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

जसपा उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक सुरु

1.1K

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीमा अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक सुरु भएको हो।

निर्वाचन आयोगले  पार्टीको आधिकारिता दिएको एक दिनपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा उनीपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी रहेका छन्।

आयोगले सोमबार यादवपक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेको थियो। आयोगले जसपाको आधिकारिकता विवादसम्बन्धी अन्तिम फैसला गर्न ‘हेड काउन्ट’ मार्फत् कार्यकारिणी सदस्यहरुको सनाखत गरेको थियो। त्यस क्रममा ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादवपक्ष र १६ जनाले महन्थ ठाकुरपक्षमा हस्ताक्षर गरेका थिए। एक जना कार्यकारिणी सदस्य रेशम चाैधरी भने तटस्थ बसेका थिए।

Advertisement