April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

श्रेष्ठ नेपाली काँग्रेस केन्द्रिय तरूण बिभाग अन्तर्गत यूवा उद्यमी विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित

5.5K

काठमाडौँ – नेपाली कांग्रेस धादिङका यूवा नेता सुनिल श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग यूवा उद्यमीमता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित भएकाछन् । धादिङमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठलाई यो पद दिनु धादिङ लगाएत देशका युवाहरुमा नयाँ जोस थपिएको छ ।

विगत लामो समयदेखि कांग्रेसको यूवा राजनीतिमा कृयाशिल श्रेष्ठले आफु पार्टीलाई बलियो र शसक्त बनाउन लाग्ने बताएकाछन् । यूवाका माझ लोकप्रिय यूवा नेता श्रेष्ठले विभिन्न सामाजिक कार्यमा समेत कृयाशिल रहेका छन् भने नेपाल तरुण दल धादिङको जिल्ला कार्य समिति सदस्य समेत हुन् ।

पूर्व मन्त्री भण्डारी भन्छन्- ‘सुनिल श्रेष्ठले तरुण विभाग साथै स मग्रमा लोकतन्त्रप्रति आस्था राख्ने यूवा तरुणहरुलाई समन्वय गरी गतिशिल बनाउन योगदान दिनेछन् ।’  

Advertisement

पूर्व मन्त्री एवं तरुण विभाग प्रमुख शंखर भण्डारीले श्रेष्ठलाई मनोनित गरेका छन् ।

No description available.