July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् : गगन थापा

195

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयननमा बाधा पुर्‍याउने मुर्खता कतैबाट हुन नहुने टिप्पणी गरेका छन्।

सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै थापाले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकाे र सर्वाेच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको  बताएका छन्।

‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर, अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गराैं। नत्र भीरबाट खस्नेलाई रामराम’, थापाले लेखेका छन्।