July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

छिटो प्रक्रिया चाल्न निर्वाचन आयोगलाई पूर्वमाओवादीका नेतकाे दबाब

125

काठमाडाेैँ – नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले निर्वाचन आयोगलाई दबाब दिएका छन् । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका नेताहरुले आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका थिए ।

पूर्वमाओवादी नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरीले निर्वाचन आयोग पुगेर निवेदनउपर छिटो प्रक्रिया चाल्न दबाब दिएका हुन् । आयोगले निवेदनका विषयमा अध्ययन गरिरहेको र छिट्टै प्रक्रिया अघि बढाउने जवाफ पाएको नेता प्रभु  शाहले जानकारी दिए ।

‘हामीले माओवादी केन्द्र अवैधानिक भयो भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थियौं । त्यस निवेदनको प्रक्रिया के भयो ? त्यस निवेदनउपर छिटो प्रक्रिया चाल्नु पर्‍याे भनेर आफ्नो कुरा राख्यौं,’ उनले भने ।

माओवादी केन्द्रले बर्खास्त गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा, लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीलगायतका नेताहरुले पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेकोले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता नपाउने उनीहरुको जिकिर छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा एमाले लागेका नेताहरुलाई पूर्वमाओवादी केन्द्रका नेताहरुलाई बर्खास्त गरेको थियो ।