July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

नेता पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको भेला

260

काठमाडौं– महाधिवेशनको सरगर्मी बढेसँगे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।

नेता पौडेलले बोलाएको भेला आज (बिहीबार) दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेलनिकट एक नेताले बताए।

सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।

भदौमा तय कांग्रेसको १४औं महाधिवेशनका लागि कांग्रेसभित्र तयारी तीब्र छ। सभापति देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधिले पनि सभापति उठ्ने बताएका छन्।

देउवाले यसअघि आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। निधिले पनि विभिन्न भेटघाट र छलफल गरिरहेका छन्।