June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

व्यवस्थापिका र यसका प्रमुख राज्यका सबै अंगभन्दा माथि हुनुपर्छ : बाबुराम भट्टराई

140

काठमाडौं– जननिर्वाचित व्यवस्थापिका र यसका प्रमुख राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकोे भनाइ छ।

सामाजिक सञ्जालमार्फत उनले व्यवस्थापिकाले नै कार्यपालिकाको गठन गर्ने भएकाले कार्यपालिका प्रमुखले कसरी यसको विघटन गर्नसक्छ? भन्दै प्रश्नसमेत उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता भट्टराईले लेखेका छन्, ‘लोकतन्त्र ‘जनताद्वारा जनताको निम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन? उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?’

व्यवस्थापिकाका प्रमुख सभामुखको स्थान प्रधानमन्त्री र प्रधानन्यायाधीशभन्दा माथि हुनुपर्ने जिकिरसमेत उनको छ।  सामाजिक सञ्जालमा उनको प्रश्न छ, ‘प्रम र प्रन्याभन्दा स्पिकर कसरी तल?’