June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

पदको लोभमा फसेर नझुक्किनुहोस्: बाबुराम भट्टराई

120

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारको सिको गर्दै प्रदेशका मुख्यमन्त्रीले पनि गर्न थालेको बताएका छन्।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत केन्द्रमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पद दिएर अन्य दलका नेता फकाएजस्तै प्रदेशमा पनि पदको  लोभ देखाउँदै आफ्ना नेतालाई फकाउन लागिपरेको बताएका हुन्।

भट्टराईले प्रदेशमा पनि ओलीभक्त बुढा बाघहरु हातमा मन्त्री पदको हतियार लिएर लोभी नेताहरुको शिकार गर्न उद्यत रहेको भन्दै आफ्ना नेताहरुलाई नझुक्किन आग्रह र अनुरोध गरेका छन्। ‘ संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत भैरहेछन्,’ उनले लेखेका छन् ।

पञ्चायतको अन्तिम दिनका वा ज्ञानेन्द्र कालका टीके मन्त्रीको बेहाल सम्झाउँदै भट्टराईले आफ्ना नेताहरुलाई सजग गराएका हुन्। उनले लेखेका छन्, ‘खबरदार, नझुक्किऊँ! भोक लाग्यो भन्दैमा अखाद्य वस्तु खान हुन्न! विष गुलियोमा मिसाएरै ख्वाइन्छ!’