June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश

135

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन्।

उनले सरकारको सिफारिसमा आइतबार उक्त अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणका घट्ना बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न यो अध्यादेश ल्याएको बताइएको छ।