April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने निर्णय खारेज गर्न विपक्षी गठबन्धनको माग

2.7K

काठमाडौं : विपक्षी गठबन्धनले खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। 

विपक्षी गठबन्धनका पाँच शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणाको निर्णय तत्काल खारेज गर्न माग गरेका हुन्।

सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भन्दै नेताहरुले कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ लागि दुरुपयोग गर्ने निर्णय भएको गठबन्धनले ठहर गरेको छ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा विज्ञप्ति निकालेका हुन्।

‘यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो’ विज्ञप्तिमा भनिएको छ। यस्तै गठबन्धनले सत्ता टिकाउनका लागि भएको मन्त्रिपरिषद् पुनर्गठनको पनि विरोध गरेका छन्। ​