June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

165

काठमाडाैं । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती किशोरीलाई भोज खान बोलाई यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुव्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो  ।