April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री ओली र महन्थ-राजेन्द्र पक्षको छलफल बालुवाटारमा जारी

3.9K

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरिरहेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छलफलमा ओलीसहित महन्थ ठकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी छन्।

बिहीबार समेत जसपाका नेताहरुले ओलीसँग झण्डै तीन घण्टा छलफल गरेका थिए। महन्थ–राजेन्द्र पक्षले पार्टीका माग, मुद्दा सम्बोधनसहित सरकारमा जाने विषयमा छलफल गरिरहेको छ।

Advertisement

ओलीसँगको छलफल सकारात्मक भए आजै जसपा सरकारमा जान सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन्। जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउने पक्का भइसकेको छ।