April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

2.1K

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ।

नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ।

Advertisement

उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्।