June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयास गर्छु: गोकर्ण विष्ट

225

काठमाडौं– नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयास गर्ने बताएका छन्।

पार्टी  तथा जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उनको भनाइ छ।

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गर्नसकेमात्र पार्टी जोगिने उनको भनाइ छ।

विष्टले सबल एवं एकीकृत पार्टी निर्माण गर्दै एमालेको एकताका लागि आफूहरु अन्तिम क्षणसम्म पनि इमान्दारीताका साथ प्रयासमा रहने बताए । उनले अहिलेको आवश्यकता पनि एकता नै रहेको बताए। 

सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने भन्दै उनले पार्टी एकताका लागि इमान्दार बन्न सबैलाई आग्रहसमेत गरेका छन्।