June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

कांग्रेस प्रवक्ताको टिप्पणी- संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ

275

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको सामूहिक बलात्कारको गरेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ,’ उनले लेखेका छन्।