June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

राष्ट्रपतिले फेरि संविधान च्यात्ने काम गरिन् : रमेश लेखक

255

काठमाडाैं- नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिले फेरि संविधान च्यात्ने काम गरेको आरोप लगाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्। यीनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन,’ उनले सामाजिक सञ्‍जालमा लेखेका छन्।