June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

कांग्रेस नेता कोइराला ट्वीट गर्छन्ः राष्ट्रपतिको कदम कदापि क्षम्य हुन सक्दैन

295

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन्।

मध्यरातमा प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि नेता कोइरालाले ट्वीट गर्दै राष्ट्रपतिबाट आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधान च्यात्ने काम भएको उल्लेख गरे।

‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो’उनले भनेका छन्,‘ राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’