काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुसँग धेरै विकल्पहरु भएको बताएका छन्।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित विपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा उनले एकछिनपछि टुंगोमा पुग्ने बताएका हुन्।
प्रचण्डले छलफल जारी रहेको र निर्णय नभएको बताए। ‘धेरै विकल्पहरु छन्। ती विकल्पहरुमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि हामी एउटा टुंगोमा पुग्छौं भन्ने लागेको छ’, उनले भने।
राष्ट्रपतिले बिहीबार साँझ २१ घण्टाको समयसीमा दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेपछि विपक्षी दलका नेताहरुले छलफल गरेका हुन्।