काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाएर मुलुकलाई संकटबाट मुक्त गर्न नेपाल तरुण दलले माग गरेको छ।
अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संविधानमाथि पटक–पटक ‘कू’ गर्ने राष्ट्रपति भण्डारीलाई महाभियोग प्रस्तावबाट हटाउन माग गरेका हुन्।
देश र जनता कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानवीय र संविधानको मर्म विपरीतका गतिविधि हुनु कानुन विपरीत भएकोे तरुण दलको ठहर छ।
‘सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।