काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महत्तो पक्षले सरकारमा सहभागी हुने बारेमा छलफल गर्न आफू निकट सांसदकाे बैठक बाेलाएकाे छ। नेताद्वयले आफू पक्षाका सासदलाई सिंहदरबारमा बोलाएको छ।
जसपा नेता लक्षमणलाल कर्णले १० वजे संसदीय दलको कार्यालयका बैठक भन्ने सुचना आएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकासम्म संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनका लागि आह्वान गरेको अवस्थामा सरकारबारे छलफल गर्न बोलाइएको उनले बताए।
बैठकमा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई भने बोलाइएको छैन। प्रधानमन्त्री ओलीसँग हिजो (बिहीबार) दिउँसाे महन्थ र राजेन्द्रले भेट गरेका थिए। भेटलगत्तै सरकारले उनीहरुको माग सम्वोधन गर्न नागरिकता अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ।