November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

स्वास्थ्य सामग्रीको जोहो गर्न छाडेर सत्ताको फोहोरी खेल कहिलेसम्म?: बाबुराम भट्टराई

2.3K

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार महामारी नियन्त्रणमा ध्यान नदिइर्ए कोरोना महामारी नियन्त्रणमा ध्यान नदिई बेला सत्ताको खेलमा लागेको बताएका छन्।

ट्विटरमा लेख्दै  नेता भट्टराईले कोरोनाको मृत्युदर विश्वमै उच्च रहेको अवस्थामा देशमा खोपको आपूर्ति किन हुन सकेन भन्दै प्रश्नसमेत गरेका छन्।

उनले लेखेका छन्, ‘देशमा कोरोना महाव्याधिबाट संक्रमित हुने (४०% माथि), मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ । पूर्ण खोप लगाउने २.५% मात्रै छन् । अक्सिजन, आईसीयू, भेन्टिलेटरको हाहाकार छ।’

Advertisement

देशमा अस्पताल तथा स्वास्थ्य उपकरणको अभावमा आम सर्वसाधारणले ज्यान गुमाउनु परिरहेको अवस्थामा सत्ताको फोहोरी खेलमा लाग्नु आम नेपालीका लागि दुर्भाग्य रहेको उनको भनाइ छ। ‘सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन÷आईसीयू/भेन्टिलेटर थप्न सक्दैन?’ उनले लेखेका छन्, ‘ खै खोपको आपूर्ति? सत्ताको फोहोरी खेल कहिलेसम्म?’