March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, कोरोना नियन्त्रणका विषयमा छलफल हुने

2K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार (आज) बस्दै छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न स्थायी समिति बैठक बस्न लागेको जनाइएको छ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादीका स्थायी समिति सदस्य गणेश साहले बताए। 
साहका अनुसार बिहीबार बस्ने बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ।

कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएकाले पार्टीका तर्फबाट गर्न सकिने कामबारे आाजको बैठकमा छलफल हुने उनको भनाइ छ। साथै, बैठकले महामारी नियन्त्रणको प्रयासमा अन्य पार्टीसँग मिलेर काम गर्नेसम्बन्धी निर्णय गर्नसक्ने समेत उनले बताए। 

Advertisement

कोरोना भाइरसको संक्रमण नियन्त्रणका सन्दर्भमा पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए। 

अध्यक्ष प्रचण्डले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श गरेका हुन्।