March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

कोरोनाका कारण एमाले केन्द्रीय सदस्य योगनारायण यादवको मृत्यु

2.1K

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य योगनारायण यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

धनुषाको सबैला नगरपालिका–१ मुसहरीघर भएका ५२ वर्षीय यादवको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

यादवको उृपचारका क्रममा  बिहीबार बिहान मृत्यु भएको हो। उनलाई १४ दिन अघि संक्रमण पुष्टि भएको थियो।

Advertisement

उनी एमलेका पूर्व सांसदसमेत हुन्। यादव २०५६ सालमा धनुषाबाट सांसद निर्वाचित भएका थिए।