March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

महामारी तथा राजनीतिक गतिरोधले देश गम्भीर संकटतर्फ : बाबुराम भट्टराई

3.5K

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएको बताएका छन्।

मंगलबार ट्वीटरमार्फत भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्न लागेको बताएका हुन्।

‘देश गम्भीर संकटमा फस्दै छ, उनले भनेका छन्, ‘एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध!’ 
वर्तमान सरकारले गतिरोध अन्त्य गर्न नसक्ने समेत उनको भनाइ छ। 

Advertisement

‘न ओली सरकारले नीति÷कार्यक्रम र बजेट पास गर्न सक्छ न वैकल्पिक सरकार बन्न!’ डा भट्टराईले भनेका छन्, ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!’

सबै पार्टी तथा नेता निरीह बनेको आरोपसमेत उनले लगाएका छन्।