January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

हाम्रो तयारी भन्दा कोरोनाको आक्रामकता उच्च भयो : मन्त्री ज्ञवाली

2.2K

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएको बताएका छन्।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले जसका कारण गएका दुई हप्ता निकै कठिन भएको बताए।

mostbet

उनले अब यो कठिनाई विस्तारै कम हुँदै जाने विश्वास दिलाए। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सीसीएमसीको बैठक बसेको थियो।

Advertisement

उनले बैठकले सम्बन्धित निकायलाई तदारुकताकासाथ काम गर्न निर्देशन दिएको बताए।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा देखिएका कानुनी बाधा हटाउँदै अघि बढ्ने निर्णय भएको समेत बताए। उनले नेपाल अहिले कोरोनाको उच्च विन्दुमा पुगेको अनुमान गर्न सकिने बताए।