March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

जसपामा दुईपक्षीय वार्ता हुँदै

2.4K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सम्भावित विभाजन रोक्न आज दुईपक्षीय वार्ता हुँदैछ ।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ । विवादकै बीच अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुन लागेको हो ।

ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यादव पक्षले भने संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकोले नेता चयन अवैध भएको दावी गर्दै आएको छ भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल हुनेछ ।

Advertisement