April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

उपचुनावमा राप्रपाले एमालेका उम्मेदवार बादललाई समर्थन गर्ने

2.3K

काठमाडाैं- राष्ट्रियसभा उपचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्ने भएकाे छ।

शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उपचुनावमा बादललाई सहयोग गर्ने राप्रपाले निर्णय गरेकाे हाे। 

बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ। एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार छन्।

Advertisement

राप्रपाका प्रदेश सांसद दुई छन्।  साथै स्थानीय प्रमुख/ उप प्रमुख १/१ गरी चार जनाको मत बादलको पक्षमा खस्नेछ। 

प्रदेश सांसदको १ मत बराबर ४८ मतभार हुनेछ। स्थानीय तहका प्रमुख वा उप प्रमुखको १८ मातभार हुनेछ।