June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

जसपा उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

310

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको अनाैपचारिक बैठक बस्दै छ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जानकारी दिइएको छ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजित हुँदै आएको छ। उपेन्द्र-बाबुराम पक्ष वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा उभिँदै आएको छ भने महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष त्यसको विपक्षमा। ठाकुर-महतो पक्षले साथ नदिएपछि कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनाउने विपक्षी दलहरुको प्रयास असफल भएको थियो।

यससँगै जसपा विभाजनतर्फ उन्मुख भएको चर्चा चलिरहेका बेला उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समिति बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको अन्तरसंघर्षबारे छलफल हुने एक नेताले बताएका छन्।