June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

मेरो विजय सुनिश्चित छ : बादल

445

काठमाडौं- राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेका रामबहादुर थापा ‘बादल’ले आफ्नो विजय सुनिश्चित रहेको बताएका छन्।

शुक्रबार हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभाका मतदातामध्ये पार्टीसँग बढी मतभार रहेको बताए। 

‘अहिले यो प्रदेशको ९ हजार ५ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ। त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ’, उनले भने।

उनले पार्टीभित्रको अर्को समूह (माधव नेपाल) पक्षले अर्को उम्मेदवार (डा खिमलाल देवकोटा)लाई समर्थन गर्ने विषय हल्ला मात्रै भएको बताए। ‘त्यसको कुनै सम्भावना हामीले देखेका छैनौँ’, उनले भने।

बागतमती प्रदेशमा जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका हुन्।