June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

ओलीसँग कुनै प्रकारको सहमति भएको छैन: माधवकुमार नेपाल

315

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्‍त्री केपी ओलीसँग कुनै प्रकारको सहमति नभएकोले त्यसबारेमा भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपालले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले पार्टी एकताका लागि वार्ता गर्न र लचकता अपनाउन तयार रहेको बताउँदै भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’

नेपालले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पस्ट पारेका छन् । उनले यसबारेमा कुनै किसिमको भ्रममा नपर्न र नअलमलिन आग्रह गर्दै सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा क्रियाशील रहन सबैलाई अपिल गरेका छन् ।

नेपालले भनेका छन्, ‘ २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।’