May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

बैठकमा नआएकाले नेपाल–खनाललाई स्थायी कमिटीमा राखिएन : ज्ञवाली

285

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले माधव नेपाल पक्ष बैठकमा नआएकाले स्थायी कमिटी बैठकमा नराखिएको बताएका छन्। 

शुक्रबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले बैठकमा पनि नआएको र समानान्तर गतिविधि गर्दै हिँडेकाले कमिटीमा नराखिएको बताए । 

‘बैठकमै आउनुभएको छैन, अर्को पार्टी बनाउँछु भनेर समानान्तर गतिविधि गरिरहनुभएको छ, त्यसैले अहिलेकै अवस्थामा उहाँहरुलाई स्थायी कमिटीमा नराखिएको हो’, उनले भने, ‘उहाँहरु फर्किएर पार्टी काममा लाग्नासाथ थप जिम्मेवारी दिइनेछ ।’ 

कोरोना संकटका कारण आवश्यक निर्णय लिन छरितो संरचना आवश्यक भएकाले स्थायी कमिटी गठन गरिएको उनको स्पष्टोक्ति थियो । अहिले पनि माधव नेपाल पक्षले फुटका लागि प्रयास गरिरहेको भन्दै ज्ञवालीले सहमतिका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवाद अघि बढाइरहेको बताए। 

‘उहाँहरु पार्टीको नाम र ब्यानरमा अहिले पनि कार्यकर्ता भेला गरेर हिँड्नुभएको छ, छुट्टाछुट्टै कमिटीहरु बनाउनुभएको छ। फ्लोर क्रस गरेर पार्टीको निर्णय विपरित भोट खसाल्नुभएको छ, विभाजनको मनसाय प्रकट गर्ने योभन्दा बढी फुटको अभ्यास के हुन्छ र ?’ उनले भने, ‘यति हुँदाहुँदै पनि साथीहरुलाई धैर्यताका साथ गल्ती सुधार्नका निम्ति आग्रह गरिरहेका छौं