May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

राप्रपाका तीन केन्द्रीय सदस्य एमालेमा

245

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना केन्द्रीय सदस्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका प्रदेश स्तरीय महत्वपूर्णं जिम्मेवारी रहेका उनीहरु बुधबार एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा एमाले प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल छन् ।

एमाले प्रवेश गरेका तीन जनालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी नेता एवं खानेपानी मन्त्री मणिराज थापाले बालुवाटारमा स्वागत गरेका थिए। पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष ओलीले एमाले प्रवेश गरेका नेताहरुले पार्टीको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास देखाए ।