May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य

325

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा उनले संसद् अधिवेशन अन्त्य गरेकी हुन्। 

‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७८/१/६ को सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १:०० बजेदेखि अन्त्य गरेको छ,’ राष्ट्रपति भण्डारीले प्रतिनिधिसभालाई पठाएको पत्रमा उल्लेख छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको थियो।