April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा खानेपानीमन्त्री थापा अनुपस्थित

395

काठमाडौं । काठमाडौंको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको औपचारिक वितरण समारोहमा खानेपानीमन्त्री मणी थापा अनुपस्थित रहे ।

स्वास्थ्यमा देखिएको समस्याका कारण खानेपानी अनुपस्थित रहेको जानकारी उद्घोषकले गराए । खानेपानी मन्त्री थापाको उद्घाटन मन्तव्य भिडियो मार्फत दिइएको थियो ।

खानेपानी मन्त्री भएपछि मन्त्री थापा मेलम्ची खानेपानीका लागि बढी नै सक्रिय थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक वितरणको सुरुवात गरे । तर, आज काठमाडौंमा खानेपानी वितरणका लागि औपचारिक उद्घाटन समारोहमा भने मन्त्री थापा उपस्थित हुन सकेनन् ।

पारिवारिक स्रोतका अनुसार, मन्त्री थापा तीन दिनदेखि विरामी छन् । उनलाई आज बिहानदेखि बढी नै बिसञ्चो भएपछि कार्यक्रममा अनुपस्थित भएका हुन् ।

खाना खान मन नलाग्ने, टाउको दुख्ने समस्याका कारण अहिले मन्त्री थापा निवासमै आराम गरिरहेका छन् ।