April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

जसपाले ओलीतन्त्रको घाँस खान्‍न: बाबुराम भट्टराई

205

काठमाडौं – जनता समाजवादी पार्टी जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले ओलीतन्त्रको घाँस नखाने टिप्पणी गरेका छन्। 

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि जसपा सरकारमा जाने चर्चा चलिरहेको बेलामा अध्यक्ष भट्टराइले यस्तो टिप्पणी गरेका हुन्। त्यसो त ओली सरकारमा जाने या नजाने विषयमा जसपामा दुई धार देखिएको छ। 

नेता भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीसँग सहकार्य गर्न नहुने पक्षमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारमा जान सकारात्मक देखिएका छन्।