April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

भुसाल र पाण्डेलाई गरेको निलम्बनप्रति नेता भट्टराईको आपत्ति

280

काठमाडाैं- प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्धय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बनप्रति नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्

पार्टीबाट ६ महिनाका लागि ओलीले भुसाल र पाण्डेलाई निलम्बन गरेपछि उनले सामाजिक सञ्‍जाल ट्वीटरमा धारणा राख्दै कारबाहीको प्रतिवाद गरेका हुन्।

‘विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ। मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन्,’ भट्टराईले ट्वीट गरेका छन्।

ऋृषिमुनी र वुद्धको ज्ञान भूमी र माक्र्सवादको उर्वर भूमीमा आजकाल नैतिकवान कारबाहीमा परेको उनले उल्लेख गरेका छन्।