April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

280

काठमाडाैं-  सर्वाेच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेको फैसला पुनरावलोकन नहुने निर्णय सुनाएको छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो।

गएको फागुन २३ गते सर्वाेच्चले नेकपा नाम विवादमा फैसला सुनाउँदै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। उक्त फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वाेच्च पुगेका थिए।

गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको निर्णय सुनाएको थियो।