April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

ओलीलाई समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई माओवादीको आग्रह

165

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिने बताए ।

“यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिकरुपमा चिठी लेखिसकेका छैनौँ” श्रेष्ठले भने, “सर्वोच्चको फैसलापछि सरकार ७६(२) को सरकार भएकाले हामीलाई अहिलेसम्म समर्थन मागेको पनि छैन । हामीले समर्थन दिउका पनि छैनौँ ।”

केपी ओली सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुन आग्रह गरे । “सबै राजनीतिक पार्टीलाई आ–आफ्नो कुरा प्रष्ट रुपमा ल्याउन अनुरोध गर्दछौँ” उनले भने,“ केपी ओली कै सरकारमा जानु छ भनेपनि गए हुन्छ तर प्रष्टसँग आउनुपर्यो । हाम्रो आइन प्रष्ट छ-हामी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौँ ।”