काठमाडाैं- नेपालीकांग्रेसका सांसद् प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री केपी ओलीलाई बझाङका जनताले आत्महत्या गर्ने कि चामल खान पाउने? भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेर जनताको दुःखको नृत्य हेरिरहेको उनले टिप्पणी गरे।
सांसद् रसाइलीले जनता भोकभोकै मनुपर्ने अवस्था आइरहँदा प्रधानमन्त्री ओली ‘होली वाइन पिएर’ र सरकार टिकाउनका लागि सांसद खरिद बिक्रीको खेलमा लागेको आरोप लगाए।
रसाइलीले प्रधामन्त्रीले १३ करोडको ‘होली वाइन’ खाने, सांसद् खरिद बिक्री गर्ने गरेको भन्दै बझाङका जनताले खाद्यान्न पाउने कि नपाउने भनेर प्रश्न गरे।