January 23, 2026, Friday
२०८२ माघ ९
1:37:26 pm

नेकपा नाम विवादमा सर्वोच्चको फैसलाको पुनरवलोकनमा जाने माओवादी केन्द्रको निर्णय

5.2K

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले नेकपा नाम विवादमा सर्वाेच्च अदालतले गरेको फैसलाको पुनरवलोकनमा जाने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले फैसलाको पुनरवलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले बताए। 

सर्वोच्चले नेकपा नाम विवादमा फैसला गर्दै फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो। ऋषिराम कट्टेलको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादीले एकता गरि राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनभित्र आह्वान गर्न निर्वाचनलाई आयोगलाई भनेको थियो।

mostbet

सर्वोच्चको फैसला अनुसार आयोगले एकता गर्ने भए आउन समेत भनेको छ। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल-पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष भएको अवस्थामा सर्वोच्चको यस्तो फैसला आएको थियो।

Advertisement

सर्वोच्चको उक्त फैसलापछि नेकपा खारेज हुँदै अहिले २०७५ जेठ २ गतेको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रको रुपमा दुई पार्टी सक्रिय भएका छन्। 

मंगलबार कानुन व्यवासायीहरूले फैसलाको पुनरवलोकनमा जान माओवादी केन्द्रलाई सुझाव दिएका थिए। छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायाण विडारी, अधिवक्ताहरु मुक्ति प्रधान, दिनमणि पोखरेललगायत सहभागी थिए।

बैठकपछि राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता विडारीले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला मागदाबी विपरीत र राजनीतिक प्रकारको भएकोले कानुन व्यवसायीले पुनरवलोकनमा जान सुझाएको बताए। 

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएमा र अविश्वासको प्रस्ताव ल्याएमा कस्तो अवस्था आउँछ भन्नेबारे पनि कानुन व्यवसायीले विभिन्न सुझाव दिएका थिए।