April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

जसपासँग छलफल सकारात्मक हुँदै छः सुवास नेम्वाङ

1.8K

काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफल सकारात्मक हुँदै गएको बताएका छन्।

जसपासँग वार्ता गर्न बनाएको सरकारी कार्यदलका सदस्यसमेत रहेका नेम्वाङले छलफललाई निरन्तरता दिने सहमति भएको बताए।

‘जसपासँगको वार्ता निष्कर्षमा पुगेको छैन। यो छलफललाई निरन्तरता दिने भन्‍ने भएको छ। वार्ता सकारात्मक हुँदै गएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै नेम्वाङले भने,‘जसपाका मागप्रति सरकार सकारात्मक छ। सहमति हुने वातावरण बन्दै गएको छ।’

Advertisement

जसपाले रेशम चौधरी रिहा गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, मधेस आन्दोलन मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको नेम्वाङले बताए।