April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्रीसँग भेट्नलाई समय मागेको छु: सभामुख

2K

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटको लागि समय मागेको बताएका छन्। सोमबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै उनले प्रधानमन्त्रीको तर्फबाट खबर नपाएको बताएका छन्।

उनले संसद्को गतिविधिलाई कसरी अगाडि बढाउने र प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्नका लागि समय मागेको उनले बताए।

सापकोटा सभामुख भएदेखि नै प्रधानमन्त्रीसँग सहज सम्बन्ध देखिएको छैन। प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले सभामुखविरुद्ध आरोप लगाउँदै भाषण गर्ने गरेका थिए। उनले सभामुखलाई राष्ट्रिय सभा तथा विभिन्न स्थानमा आयोजित सभाहरुबाट किर्ते सभामुख भन्दै आरोप लगाउने गरेका थिए।

Advertisement

सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले ब्युँतिएपछि पनि प्रतिनिधि सभा सहज रुपमा सञ्चालन हुन सकेको छैन।