April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

सुरेश गिरि सक्रिय राजनीतिमा, नागरिक पार्टिको केन्द्रिय महामन्त्रीमा मनोनीत

5.7K

काठमाडौँ – चर्चित सामाजिक अभियान्ता,रास्ट्र निर्माण शक्तिका संयोजक सुरेश गिरि सकृय राजनितीमा लाग्नु भएको छ । लामो समय देखि रास्ट्रीय चासोका बिसयमा आफ्ना बिचार प्रस्तुत गर्दै,आन्दोलन तथा बिबिध कार्यक्रममा सहभागी हुदै आउनुभएका नेता गिरि रास्ट्रीय नागरिक पार्टिको केन्द्रिय महामन्त्रीमा मनोनित हुनुभएको छ । गत शनिबार मात्रै उहाँ सहित उहाको अभियानमा आबद्द सदस्यहरुको टिम रास्ट्रीय नागरिक पार्टिमा प्रबेश गरेको थियो।

सुरेश गिरि देश र जनताको हितका लागि लामो समय देखि सक्रिय सामाजिक नेता भएका कारण उहाको उच्च मुल्यांकन सहित केन्द्रिय महामन्त्रीको जिम्मेवारी प्रदान गरिएको रास्ट्रीय नागरिक पार्टिका केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङ्गले हामी लाई जानकारी गराउनु भयो । महामन्त्रीको जिम्मेवारी प्राप्त भएपछि नेता गिरिले आफुमा रास्ट्र र जनताको कल्याणका लागि काम गर्न थप दायित्व बोध भएको बताउनु भयो । उहाले भन्नू भयो ” देशको समृद्दिका लागि अब नया बैकल्पिक शक्तिको खाचो छ र त्यो बैकल्पिक शक्ति भनेकै रास्ट्रीय नागरिक पार्टी हो । ” ” यो पार्टी हरेक नेपाली नागरिकहरुको आफ्नै पार्टि हो र यसैले नै अबको रास्ट्रको नेतृत्व गर्नेछ ।”

महामन्त्री गिरिले अबको समयमा थप रचनात्मक र जनभावना अनुरुप आफु हरु अगाडि बढ्ने पनि जानकारी गराउनु भयो । युवा नेतृत्व मार्फत नै सोचे जस्तो रास्ट्र संभव भएकाले नागरिक पार्टिले युवाहरु लाई नेतृत्वमा अघि बढाउने कुरा समेत प्रस्तुत गर्नु भयो ।

Advertisement

प्रस्ट बक्ता र सक्रीय नेताको परिचय बाट परिचित नेता सुरेश गिरिले शिक्षा,स्वास्थ्य,बिधुत,खानेपानी,पर्यटन,ब्यापार लगाएतका क्षेत्रको बिकासका लागि बिगत देखि नै विभिन्न अभियानको नेतृत्व गर्दै आउनु भएको छ ।