काठमाडाैं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले विदेशी ऋण तिर्न नसक्न गरी दिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा खाँणले भने, ‘ऋण लिएर घिउ खुवाउने सरकार हो यो। यो भन्दा अघि कहिले यसरी विदेशबाट ऋण लिएकै थिएन।’
ऋण तिर्ने बेला अर्को सरकार आउँछ त्यसैले तिर्छ भन्ने भएर नै सरकारले विदेशी ऋण बढाएको उनको भनाइ थियो। ‘चालु खर्च बढेको छ। पुँजीगत खर्च सरकारले गर्न सकेको छैन। विकास कसरी चुचुरोमा पुग्यो?,’उनले सरकारलाई प्रश्न गरे।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको अर्थतन्त्रको श्वेतपत्रबारे पुनः छलफल गर्ने बेला आएको उनले बताए।