April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

प्रचण्ड–माधव र देउवा छलफल गर्दै

२०७७ फाल्गुन १२

7.8K

काठमाडाैं– नेकपाको एउटा धारकाे नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन्।

प्रचण्ड र नेपाल देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ जाँदैछन्। उनीहरूबीच दिउँसो १ बजेदेखि छलफल हुने देउवानिकट एक नेताले बताए। 

आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल र नेपाल सर्वाेच्च अदालतको हिजैको फैसलापछि कार्यक्रम नगरेरै काठमाडाैं फर्किएका हुन्।

Advertisement

मंगलबार सर्वाेच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन फैसला गरेको थियो। 

विकसित राजनीतिक घटनाक्रम र आगामी योजनाबारे प्रचण्ड–नेपालले देउवासँग भेट गर्न लागेका हुन्।