February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३
1:37:26 pm

प्रधानमन्त्रीले चारै वटा सुरक्षा निकायका प्रमुख र सबै मन्त्रीहरूलाई बालुवाटार बोलाए

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन ११

465

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चारै वटा सुरक्षा निकायका प्रमुख र सबै मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। बेलुका साढे ५ बजेका लागि बालुवाटारमा बोलाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए।

‘सुरक्षा निकायका प्रमुख र मन्त्रीहरूलाई प्रधानमन्त्रीले बोलाउनु भएको छ,’ ठगुन्नाले भने, ‘छलफलको विषयबारे जानकारी दिइएको छैन।’

मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको थियो। सुरक्षा परिषद्‍को बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ।

एकैदिन सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक गरी प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुख तथा मन्त्रीहरूको छलफल बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।