September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

विघटनविरुद्ध सबै दल किन अदालत आएनन्?: प्रधानन्यायाधीश

445

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भए सबै दल सर्वोच्च किन नआएका भनी जिज्ञासा राखेका छन्।  प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिटमा निवेदकहरूबाट उत्तर दिन संवैधानिक इजलास पुगेका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।

जवाफमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सबै दलहरू आन्दोलनमा रहेको बताएका थिए। उनले सबै दल अदालत नआउनुको कारणका विषयमा भने आफूलाई जानकारी नभएको उत्तर दिए। 

Advertisement

बहसका क्रममा त्रिपाठीले सरकारी पक्षले भनेजस्तो संविधानको धारा ७४ मात्र देखाएर विघटन गर्न नपाइने बताएका थिए। ‘संविधानमा अरु धाराहरू पनि छन्। धारा १०० अनुसार विश्वासको मत राख्ने अधिकार छ। धारा ७४ लाई प्रयोग गरेर विघटनको अधिकार प्रधानमन्त्रीलाई छ भन्ने विषय अप्रासंगिक हो,’ उनले भने।

यसपछि उनको बहस नेताहरूको भाषणतर्फ केन्द्रित भएपछि न्यायाधीश अनीलकुमार सिन्हा भाषणमा बहस नगर्न भनेका थिए।