September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

जनयुद्ध दिवस मनाउन प्रचण्ड–नेपालको सर्कुलर

1.2K

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउन लागिएको हो ।

सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको छ । काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाएको छ ।

Advertisement

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको बताइएको छ ।