September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

डा. केसीले गरे प्रतिनिधिसभा विघटनविरुद्ध फागुन १२ देखि अनशन बस्ने घोषणा

495

काठमाडौँ : डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् । उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने बताएका हुन् । माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन् । ‘प्रजातन्त्रकाे हत्या गर्न खाेज्ने तानशाही हामीलाइ स्वीकार्य छैन। अदालतले संविधानकाे रक्षा नगरे जनताले जवाफदेही बनाउनेछन्,’ उनले भने, ‘गैरसंवैधानिक प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गर्नेमा मलाई विश्वास छ ।’केसीले उनले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । ‘७७ जिल्लामध्ये जहाँ पनि बस्न सक्छु । अहिले नै ठाउँ भनियाे भने ओलीले गैरकानुनी बल प्रयाेग गरेर अनशन बस्नै दिँदैनन्,’ उनले भने । ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खाेजेकाे केसीले आराेप लगाए ।